नेपाली राजदूताबास ‘सेटिङ र बार्गेनिङ’मा लाग्दा नेपाली कामदारको अवसर गुम्यो : व्यवसायी


२०७६ बैशाख १५ आइतबार १८:३२ बजे

काठमाडौं, १५ वैशाख : विदेशस्थित नेपाली राजदूतावासको काम सम्बन्धित देश र नेपालबीचको कुटनीतिक सम्बन्ध बलियो बनाएर त्यस देशमा रहेका नेपालीहरुलाई सहयोग गर्नु हो । तर, साउदी अरेबियास्थित नेपाली राजदूताबास भने यो काम छोडेर व्यापारतिर लागेको भन्दै व्यवसायीहरु आक्रोशित बनेका छन् ।

रोजगारदाता कम्पनीबाट प्राप्त भएको माग पत्र र कामदारसँग गरिने सम्झौता प्रमाणिकरणमा साउदी अरेबियास्थित नेपाली राजदूताबासका उच्च अधिकारीले नै म्यानपावर व्यवसायीहरुसँग बार्गेनिङ्ग गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ ।

हाल वैदेशिक रोजगार विभागबाट कामदारहरुको पूर्व स्वीकृति लिनको लागि रोजगारदाता कम्पनीबाट प्राप्त भएको माग पत्र तथा कामदारसँग गरिने सम्झौता पत्रमा सम्बन्धित देशमा रहेको नेपाली राजदुताबासले प्रमाणित गरीदिनुपर्नेहुन्छ । यसपछि मात्रै रोजागार विभागबाट पूर्व स्वीकृत पाइन्छ ।

तर, साउदी अरेबियास्थित नेपाली राजदूताबासले भने आफ्ना ऐजेन्ट मार्फत आएका व्यवसायीहरुको मात्रै प्रमाणिकरण गरीदिने गरेका एक म्यानपावर व्यवसायीले बताए । ती व्यवसायीका अनुसार राजदूत प्रा डा.महेन्द्रप्रसाद सिंह राजपुतको आदेश भन्दै दूताबासका कर्मचारीहरुले आफू अनुकुलका लाई मात्रै प्रमाणिकरण गरीदिने गरेका छन् ।

राजदूतको आदेश भन्दै राजदूताबासका काउन्सिलर आनन्दप्रसाद शर्मा, श्रम फाँटका आनन्दप्रसाद अधिकारी र एट्याची बलराम पाण्डेले बार्गेनिङ्ग गर्ने गरेको स्रोतको दाबी छ । एक व्यवसायी भन्छन्,‘उनीहरुलाई कमिसन दिए तुरुन्तै काम हुन्छ, तर नदिए अनेक बहना बनाए माग नै खारेज हुने गरी समय लगाइदिन्छन् ।’

वर्षे लगाएर व्यापार प्रवद्र्घन गरेर ल्याएका साउदी अरबका विभिन्न कम्पनीका माग पत्रहरु राजदुतावासले प्रमाणिकरणको लागि लैजादा विभिन्न वहाना बनाएर प्रमाणिकरण नगरीदिएको गुनासो सहित म्यानपावर कम्पनीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयमा उजुरी परेको ती मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियास्थित नेपाली राजदूताबासको कारण अन्तराष्ट्रिस्तरको रोजगारदाता कम्पनीहरुको कामदारको माग समेत नेपालले गुमाएको म्यानपावर व्यवसायीहरु बताउँछन् । ‘नेपाली राजदूताबासका कर्मचारीहरुले आफूलाई फाइदा नभए प्रमाणिकरण नै रोकिदिन्छ, यसले देशले नै अवसर गुमाइरहेको छ,’ एक व्यवयासीले भने ।

एक पटक कम्पनी भिजिट गरि सकेपश्चात सोही कम्पनिको माग पत्र लिई जाँदा पुनः कम्पनी भिजिटको वहाना बनाई बार्गेनिङ गर्ने, दुतावासमा बस्ने अवैधानिक एजेन्टहरुको मिलेमतोमा हाम्रा रोजगारदाता कम्पनिहरुलाई अन्यत्र डिमाण्ड दिएमा तुरुन्त प्रमाणिकरणको काम हुन्छ भनेर विभिन्न हैरानी दिने गरेको उजुरी मन्त्रालयमा परेको छ । यसका कारण अन्तराष्ट्रिय स्तरका रोजगारदाता कम्पनीहरुको डिमाण्ड समेत नेपाली राजदुतावास साउदी अरबका कारणले नेपालमा दिन छाडी अन्य देशहरुमा दिने गरेको व्यवसायीको गुनासो छ ।

राजदूत भन्छन्,‘त्यस्तो होइन, उत्कृष्ट काम गरेका छौैं’


राजदूत प्रा डा.महेन्द्रप्रसाद सिंह राजपुतले भने राजदूताबासबाट त्यस्तो नभएको बताए । साउदी अरेबिया स्थित नेपाली राजदूताबासले उत्कृष्ट काम गरीरहेको उनको दाबी छ । उनले भने,‘हामीले दैनिक २० देखि २५ वटासम्म प्रमाणीकरण गरीरहेका छौं । हामीले प्रक्रिया पुगेका सबै गरीरहेका छौं ।’
राजदूत राजपुतले नेपाली कामदारहरुको हितलाई ध्यानमा राखेर राजदूताबासले काम गरीरहेको बताए । उनले नयाँ पेजसँग भने, ‘हामी कहाँ त्यस्तो केही गुनासो र समस्या भेटेका छैनौं । कही कतै समस्या भए हामी सम्बोधन गर्नेछौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७