भारतीय सेनामा पहिलोपल्ट महिला सैनिकको भर्ना खुल्ला, आगामी जुन ८ सम्म आवेदन दिन सकिने


२०७६ बैशाख १३ शुक्रबार २३:५३ बजे

काठमाडौं, १३ बैसाख । भारतीय सेनामा पहिलोपल्ट महिलाका लागि भर्ना खुल्ला गरिएको छ ।
भारतीय सेनाले पहिलो पटक महिलाहरुलाई सैनिक जवानको रुपमा भर्ती गर्न शुरु गरेको छ । यस अघि महिलाहरु केवल अधिकृत रुपमा सेनामा भर्ती गरिन्थ्यो ।

बिहीबार मात्र भारतीय सेना–प्रहरीमा महिलाहरुलाई जवानको रुपमा भर्ती गर्ने प्रक्रिया शुरु भएको छ । सेनाले मिलिट्री पुलिस केडरमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकारीहरु क्याडरको रुपमा देखिएका छन् । यसमा थल सेनामा १५ सय, वायुसेनामा १६ सय र जलसेनामा पाँच सय महिलाहरु छन् । सेनामा सहभागी हुने महिलाहरुले अब दुष्कर्म र जबरजस्ती जस्ता विषयमा जाँच गर्नेछन् ।

यसअघि ‘सर्ट सर्भिस कमिसन’ अन्तर्गत मेडिकल, सिग्नल, शिक्षा र इन्जिरियरिङ भागमा मात्र महिलाहरुलाई भर्ती गरिन्थ्यो । यद्दपि महिलाहरुलाई युद्धमा भर्ती गर्ने विषयमा बहस चलिरहेको छ ।

भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ । इच्छुक महिलाहरुले आगामी जुन ८ सम्म आवेदन दिन सक्ने छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७