दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुँदा पनि निगमले घटाएन इन्धनको मूल्य


१३:३१ बजे

काठमाडौं, २२ चैत । आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी)ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यति धेरै नाफा हुँदासमेत निगम आफैंले बनाएको स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको छैन ।
ऋष्तष्शभल

कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ । गत माघ १९ गतेकै समायोजन अहिलेसम्म कायम छ । ‘मूल्य समायोजन नहुँदा दुई महिना अवधिमा साढे २ अर्ब रुपैयाँ नाफा भएको छ,’ निगमका एक अधिकारीले भने, ‘पारदर्शी राख्न मूल्य घटाउनुपर्ने थियो, तर प्रणालीविपरीत भयो ।’

घाटा हुँदा देखाउने तर नाफामा तथ्यांक लुकाउनु गलत भएको उनले बताए । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । प्रणालीले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनुपर्छ ।

जसले उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलनसमेत सुदृढ हुने सरकारको दाबी थियो । प्रणाली भने प्रभावकारी हुन सकेको छैन । निगमका कार्यकारी निर्देशक सुरेन्द्र फौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा रहेकाले समायोजन नगरेको तर्क गरे ।

‘अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य बढ्दो त्रममा छ । त्यसैले घटबढ गरेका छैनौं,’ उनले भने, ‘कति मार्जिनमा बस्ने भनेर गृहकार्य भइरहेको छ । निगमको हितका लागि ३ प्रतिशतसम्म नाफामा बस्नुपर्छ ।’ उनले आईओसीले पठाएको नयाँ सूचीमा एलपी ग्यासलगायत अधिकांशमा मूल्य बढेको दाबी गरे पनि तथ्यांकमा घटेको देखिन्छ ।

तथ्यांकअनुसार एलपी ग्यासबाहेक सबै प्रकारका इन्धन नाफामा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७