उपसचिवकी श्रीमतीको खातामा साढे पाँच लाख घुस, ठेकेदारकाे उजुरीका आधारमा पक्राउ


००:२१ बजे

काठमाडौं, २१ चैत । प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव लालु गिरीले श्रीमतीको बैंक खातामार्फत घुस लिएको खुलेको छ । आजको नयाँ पत्रिकामा समाचार छ।

जिल्ला प्राविधिक कार्यालय भोजपुरमा सिनियर डिभिजन इन्जिनियर रहँँदा ठेकेदारसँग १८ लाख घुस लिएका उनी ठेकेदारकै उजुरीका आधारमा पक्राउ परेका थिए । अख्तियारका अधिकारीका अनुसार गिरीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिका लागि पेस्की तथा रनिङ बिल भुक्तानीका लागि ठेकेदार एमके/वाइपी जेभीका प्रतिनिधि देवजंग शाहीसँग पटक–पटक घुस लिएको खुलेको छ ।

श्रीमती मीरा पुरीको खातामा पाँच लाख ५० हजार र साथी सुशील श्रेष्ठको खातामार्फत ११ लाख रुपैयाँ लिएका थिए । दुई लाख भने कार्यालयमै नगद लिएका थिए । उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेकोमा आदलतको आदेशमा १८ लाख धरौटी राखेर रिहा भएका छन् ।

अख्तियारले छानबिन गर्दा गिरीकी श्रीमतीको खातामा ८३ लाख ७८ हजार भेटिएको थियो । आफ्नै खातामा जम्मा गर्दा छानबिन हुने भएकाले उनले श्रीमती र साथीको नाममा घुस लिएका थिए । तर, ठेकेदार शाहीलाई आफूले पाँच लाख सापटी दिएको र उनले ब्याजसहित श्रीमतीको खातामा फिर्ता गरेको बयान गिरीले दिएका छन् ।

घुससहित पक्राउ पर्नेक्रम बढेपछि कर्मचारीहरूले घुस लिने शैलीमा परिवर्तन गर्दै लगेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । आयोगले पनि नयाँ शैलीबाट अनुसन्धान गर्न थालेको उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७