प्रदेश ३ सरकारद्वारा हावाहुरी पीडितलाई १ करोड सहयोग


१०:१३ बजे

काठमाडौँ, १९ चैत । हावाहुरीका कारण पीडितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो । हावाहुरीका कारण बारा र पर्सामा घरबारविहिन भएकाहरूका लागि आवास निर्माण गर्न प्रदेश ३ सरकारले राहत स्वरूप प्रदेश २ सरकार मार्फत एक करोड सहयोग दिने निर्णय भएको हो ।

हावाहुरी आएको भोलिपल्टै प्रदेश २ सरकारले मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको थियो । प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोष खडा गरेर नगद सहयोग सङ्कलन गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७