मिस तथा मिस्टर विश्वकर्माको उपाधि सोनिया र सिमान्तलाई

काठमाडौं : जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७ को उपाधि सोनिया विश्वकर्मा तथा सिमान्त बराइलीले जितेका छन् । परिवर्तन इभेन्ट नेपालले आयोजनाको प्रतियोगितामा अायाेजना गरेकाे हाे । प्रतियोगितामा फस्ट रसर्न अप तथा सेकेण्ड रनर्स अपको घोषणा नै गरिएन ।
प्रतियोगितमा निशा सुनारले फोटाजेनिक, बिनु विश्वकर्माले बेस्ट ड्रेस, शुसम्पन्न रसाइलीले ट्यालेन्ट, रेजिना विश्वकर्माले चार्मिङ, सरिता रामदामले स्किन, खुश्बु विश्वकर्माले स्माइल तथा सोनिया विश्वकर्माले मिस क्याटवाक तथा मिस पपुलरको शीर्षक उपाधि जित्न सफल भए । पुरुषतर्फ भने प्रल्हाद गजमेरले मिस्टर फोटोजेनिक, सिमान्त बराइलीले मिस्टर पर्सनालिटी, सुरज विश्वकर्माले मिस्टर ट्यालेन्ट तथा कमल विश्वकर्माले मिस्टर फ्रेण्ड्लीको उपाधि जिते । प्रतियोगिताको क्रममा प्रतिस्पर्धिहरुले फ्लोरा बुटिकले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए ।
संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, पत्रकार कृष्ण भट्टराई, मेमोरी पावर ट्ेरनर डा।नवल पजियार, नेपाल टेलिभिजनका डेपुटी मेनेजर दीपक धिताल तथा क्यानका पूर्व टिम मेनेजर पूर्ण लामा रहेका थिए ।
विश्वकर्मा समुदायका युवा–युवतीहरुलाई कला, संस्कृति तथा पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक राज बराइलीले बताएका छन् । प्रतियोगितामा विश्वकर्मा समाज नेपाल, विश्वकर्मा समाज युएई तथा विश्वकर्मा समाज कुवेतले पनि सहकार्य गरेका थिए ।