चीनमा पढेका ७३ प्रतिशत विशेषज्ञ डाक्टर फेल
काठमाडौं, २९ फागुन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी–एमडिएस उत्तीर्ण १५० डाक्टरमध्ये ११० जना फेल भएका छन् ।

चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उत्तीर्ण हुन नसकेको छ ।
काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ । कान्तिपुर दैनिकबाट