विहेकै मण्डपबाट बलात्कारको आरोपमा दुलाहा पक्राउ परेपछि...


२०७५ फाल्गुण २८ मंगलबार १७:०२ बजे

दोलखा, २८ फागुन । सामाजिक संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याने तयारी चलिरहेका बेला भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् । बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो ।

संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउने प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।

ती किशोरीले आफूलाई विहेको प्रलोभनमा पारेर शान्तिले बलात्कार गरेको आरोप लगाएकी छिन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै सम्बन्ध राख्दै आएको बताएकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७