वाइड बडीको छानबिन हुनुपर्छ : देउवा
पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुश लगाउन खोजेको सभापति देउवाको आरोप थियो ।
उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।