नेता उडाउन हेलिकप्टर प्रतिष्पर्धा


२०७५ फाल्गुण २७ सोमबार ११:४७ बजे

धादिङ, २७ फागुन । राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ ।

सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन । तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिष्पर्धा चलेको छ ।

गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमिमा उत्रिएका छन् । राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए ।

अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो । माघ १ गतेकै दिन सरदमुकामको खाल्टेमा गोरु जुधाउन मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकले हेलिकप्टरमै ल्याए । कान्तिपुर दैनिक

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७