सुकेटार टावरसँग पाइलटको अन्तिम सम्पर्क : ‘भारी हिमपात भइरहेको छ, म उड्न सक्दिनँ’


२०७५ फाल्गुण १५ बुधबार ०५:४८ बजे

काठमाडौं, १५ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भइसकेको छ । सात जनामध्ये अहिलेसम्म ६ जनाको शव फेला परिसकेको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको खप्टेढुङ्गमा दुर्घटना भएको हो । प्रहरी घटनास्थल पुगिसकेको छ । तर ठूलो आगो बलिरहेकाले छेउमा जानै सक्ने अवस्था नभएको जनाइएको छ ।

सुकेटार विमानस्थल टावरले हेलिकोप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए ।


त्यसको १ घण्टापछि पौने १ बजे क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको जानकारी गराएका थिए । प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ । हेब्भी स्नोफल भइरहेको छ म उड्न सक्दिनँ ।’

पर्यटन मन्त्री अधिकारीसहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो ।

यो पनि पढ्नुहोस्
पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना
मन्त्री सवार हेलिकोप्टर दुर्घटना : यी ६ जना थिए सवार
हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सात जनाको निधन, छ जनाको शव भेटियो

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७