अनिल कपुरको ‘डाइलग’ बोल्दा प्रहरी निलम्बित (भिडियोसहित)


२०७५ मङ्सिर १२ बुधबार १६:३८ बजे

काठमाडौं, १२ मंसिर । मानिसले सार्वजनिक जीवन जिइरहेका व्यक्तिहरुको हाउभाउ र बोल्ने शैली क्यारिकेचरका रुपमा उतार्छन् ।

अझ चलचित्रका कलाकारहरुको डाइलग बोल्दै नक्कल गर्न धेरैले रुचाउँछन् । तर, पाकिस्तानका एक प्रहरी अधिकारीलाई भने बलिउड अभिनेता अनिल कपुरको डाइलग भारी मात्र परेको छैन जागिरबाट समेत निलम्बनमा पर्नु परेको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तको पाकपत्तनमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएकै कारण एक प्रहरीलाई निलम्बन गरिएको छ ।

भिडियोमा उनी एउटा हिन्दी फिल्मको संवाद बोलिरहेका छन् । स्थानीय चौकीका इन्स्पेक्टर मोहम्मद अरशद शाहले प्रहरीकै बर्दीमा एउटा भिडियो बनाएका थिए । त्यसपछि उनलाई कार्बाही गरिएको हो ।

प्रहरी प्रवक्ता मोहम्म्द आसिफका अनुसार मंगलबार दुईवटा भिडियो सार्वजनिक भएका थिए । एउटा भिडियोमा मोहम्मद अरशद शाह थिए भने अर्कोमा पूर्व प्रहरी थिए । प्रहरी प्रवक्ता आसिफका अनुसार बर्दीमै यस्तो गर्नु कानुनविपरीत भएकाले प्रहरी निरीक्षक शाहलाई निलम्बन गरिएको हो । उनलाई आफ्नो कुरा राख्न सात दिनको समय दिइएको छ ।

भिडियोमा मोहम्मद अरशदले सन् २०१३ मा आएको हिन्दी फिल्म ‘शूट आउट एट वडाला’ अनिल कपूरको संवाद ‘दो वक्तकी रोटी कमाता हूँ, पाँच वक्तका नमाज पढ्ता हूँ…इससे ज्यादा मेरी जरुरत नहीँ और मुझे खरिदने की तेरी औकात नहीँ’ दोहोर्याइरहेका छन् ।

एउटा निजी टेलिभिजन च्यानलसँग कुरा गर्दै इन्स्पेक्टर मोहम्मद अरशदले आफ्नो भतिजोले टिकटक एपमार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको स्पष्टीकरण दिएका छन् । त्यसपछि एकाएक भिडियो भाइरल भएको थियो । एजेन्सी
हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=qIQ3zAorKvo

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७