बाँडियो तामाकोशीको शेयर, आवेदन दिने सबैलाई ४० कित्ता शेयर

काठमाडौं, मंसिर ११ । नागरिक लगानी कोषको निष्काशन तथा विक्री प्रवन्धक रहेको माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर मंगलबार बाँडफाँड गरिएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको ७ लाख ९४ हजार २५० कित्तासहित कूल १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर गत कात्तिक १५ देखि १९ सम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
नतिजाअनुसार ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने आवेदनहरुको ६ करोड ४६ लाख १८ हजार ८४३ कित्ता शेयरको लागि न्यूनतम ४० कित्ताका दरले १ करोड ३३ लाख ६३ हजार शेयर बाँडफाँड गरिएको छ ।
यस्तै फाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७५० कित्ता शेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले कूल १ लाख ७२ हजार ७७५ जना आवेदक छनोट गरी थप गरिएको जनाइएको छ ।
शेयरका लागि ३ लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ९८ हजार ९८० कित्ता शेयरका लागि परेको ५७०० जनाको आवेदन भने रितपूर्वक नभएको पाइएपछि रद्द गरिएको थियो ।