राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि


१३:११ बजे

ओखलढुङ्गा, २३ कातिक । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् ।

सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पुर्‍याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् ।

‘पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास गर्‍यौं’, उनले भनिन्, ‘“सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडाध्यक्ष उमेश कार्कीले जानकारी दिए । ‘सबैतिर तिहारको रौनक हुँदा उनीहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरेको हो’, अध्यक्ष कार्कीले भने ।

उनका अनुसार वडाले प्रतिपरिवार रु पाँच हजारका दरले सहयोग गरेका छौँ । नेपाली काङ्ग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्निपीडितलाई चामल, नुन तेललगायत सामग्री सहयोग गरेका छन् ।

केही दिनअघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा शुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चार वटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैँसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र नौ बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीको पनि घर जलेको छ । आगाले रु एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारामा बसेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७