हेटौंडा उपमहानगरपालिका–१२ मा वडाध्यक्षका लागि धमाधम मतदान


१०:२७ बजे

मकवानपुर । स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१२ मा मतदान चलिरहेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत अवानी मैनालीले मतदाताहरु बिहान ४ बजेबाट नै लाइनमा बसेका जानकारी दिए । यस वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन हुन थालेको हो ।

वाग्मती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन्। २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका छन् ।मतदातामध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला रहेका छन् । मतदताका लागि दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ वटा गरी कुल ९ वटा मतदान केन्द्र  छन् ।

वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् । वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार बनेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७