काठमाडौं, साउन ९: अघिल्लो वर्षको साउनदेखि असार मसान्तसम्म सरकारले १ खर्ब ७३ अर्ब २३ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ।सरकारी खर्च र आयको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयकाअनुसार सरकारले आन्तरिक स्रोत जसमा राजस्व र अन्य आम्दानी,वैदेशिक सहयोग, वैदेशिक ऋण र आन्तरिक ऋणबाट त्यस्तो खर्च गरेको हो।
व्यवस्थपिका संसदबाट पारित भएको आर्थिक विधेयक, आयव्ययको विवरण(बजेट) सीमाभित्र रहेर खर्च र आम्दानी गरेको सरकारले प्रशासनिक तर्फ ६ खर्ब ९६ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ भने विकास निर्माणतर्फ १ खर्ब ६७ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ।
त्यस्तै, सेयर लगानी, ऋणको सावाँ र ब्याज भुक्तानीतर्फ सरकारले गएको वर्ष १ खर्ब ९ अर्ब रुपैयाँ खर्च गरेको छ।
सर्वसाधारणले तिरेको करबाट खर्च गर्ने सरकारले कुन जिल्लामा कति रुपैयाँ खर्च गर्योरु जिल्लामा रहने सरकारी कर्मचारीदेखि विकास निर्माणमा हुने खर्च नेपालका ७७ जिल्लामा कहाँ कति भयो ?
सुचि