कृषि मन्त्रालय फेरि फुटाइँदै, मन्त्री अर्याललाई बढुवा गरेर राज्यमन्त्री थपिने


२०७५ श्रावण ९ बुधबार १०:५६ बजे
काठमाडौं, ९ साउन । नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिनामै फेरि एक मन्त्रालय फुटाइने भएको छ । सरकारले एक राज्यमन्त्री थप्ने योजनासहित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्र्याउने तयारी थालेको छ । फुटाइएको कृषि मन्त्रालय एउटा र भूमि सुधार तथा सहकारी अर्को बन्ने जनाइएको छ । हाल कृषिमन्त्री चक्रपाणि खनाल छन् । अब भूमि सुधार तथा सहकारी मन्त्रालय बनेपछि हालकी स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको बढुवा हुने स्रोतले जानकारी दिएको छ । मन्त्रालय फुटाएपछि नेकपाकी नेतृ अर्याल भूूमि मन्त्री बन्ने छिन् । राज्यमन्त्री थपिएमा ओली सरकारमा मन्त्रीहरूको संख्या २५ पुग्ने छ । संविधानको धारा ७६ को उपधारा ९ मा संघीय सरकारको मन्त्रीपरिषदको संख्या २५ मात्रै बनाउन पाउने प्रावधान छ । यद्यपी, कृषि मन्त्री खनालले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनी मन्त्रीमा बढुवा भएमा खाली रहने स्वास्थ्य राज्यमन्त्रीमा संघीय समाजवादी फोरमबाट आउने छन् । फोरमका अध्यक्ष उपेन्द्र यादव स्थास्थ्य मन्त्री छन् । त्यसका लागि सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताबीच छलफल भइरहेको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७