सिंहदरबारमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै


२०८१ माघ २ बुधबार १४:१२ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बस्न लागेको हो । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने बताइएको छ ।

हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको प्रतिक्रिया दिएका थिए । केही दिनअघि प्रचण्ड र माधव नेपालबीच भएका छलफलमा पनि सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७