अर्थसहित संघीय संसदका चार समितिका बैठक बस्दै


२०८१ माघ २ बुधबार १४:३४ बजे

काठमाडौं । संघीय संसदका चार समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् । 

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरू हुनेछ। जहाँ नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनीकरण र छलफल हुने जनाइएको छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेण्डाले निरन्तरता पाउनेछ । जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७