राजीनामा दिए कानुनमन्त्री तामाङले, रुँदै मागे विदा


२०७५ श्रावण ८ मंगलबार १७:४६ बजे
काठमाडौं, ८ साउन । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका कानूनमन्त्री शेरबहादुर तामाङले आज (सोमबार) दिउँसो पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि चौतर्फ आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी आफ्ठ्यारोमा परेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिएर सरकार र पार्टीलाई सहयोग गर्न गरेको आग्रह स्वीकारर्दै उनले पदबाट राजीनामा दिएका हुन् । मंगलबार कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्नी उषाकला राईसहित उपस्थित तामाङले रुँदै पदबाट राजीनामा दिएका हुन् । ‘नेपाली जनतालाई शीरमा राखेर, एउटा गरीब परिवारमा जन्मेर जनताको सेवामा छु । मैले राज्यकोषको पैसा भ्रष्टाचार गरेको छैन’, पत्रकार सम्मेलनमा गम्भिर बन्दै उनले भने, ‘कतिपय तत्वहरू मेरापछि लागेका थिए । मेराविरूद्ध संगठित रुपमा प्रचारबाजी गरियो । नेपाली नारीहरूप्रति मेरो अति सम्मान छ । तर, मलाई नारी अधिकारको विषयले लखेट्यो ।’ आफू नारीहरुप्रति सम्मान गर्ने व्यक्ति भएको भन्दै उनले महिलाको पक्षमा कानुन बनाउने कार्यमा आफू सँधै लागिरहने बताए । उनले भने, ‘म जहाँ रहे पनि छोरीको अंश र वंशका लागि लडिरहने छु ।’ पत्रकार सम्मेलनको पहिलो चरणमा कानुन निर्माणसम्बन्धी जानकारी दिएका तामाङले दोस्रो चरणमा भावुक विज्ञप्ति पढ्दै राजीनामा दिएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७