सिण्डिकेटधारीको बैंक खाता फुकुवा


२०७५ श्रावण ८ मंगलबार ११:०५ बजे
काठमाडौं, ८ साउन । यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले कार्वाही अगाडि बढाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने जनाइएको छ । सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा सुविधा कार्यालय खर्च तथा पानी बत्तीको खर्च विवरण पेस गर्न पाउने छ । गत चैत्र १८ गते सरकारले सार्वजनिक यातायातलाई करको दायरामा ल्याउन र सिन्डिकेटको अन्त्य गर्न नयाँ निर्देशका जारी गरेको थियो । निर्देशिकाको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गरे पनि सरकारले समितिहरुको खाता रोक्का गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७