काबुलमा विमानस्थलनजिकै आत्मघाती आक्रमण


२०७५ श्रावण ७ सोमबार ०९:०५ बजे
एएफपी काबुल, ७ साउन  । अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ ।विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् । निर्वासनमा रहेका अफगान उपराष्ट्रपति अब्दुल रसिद दोस्तुमलाई स्वागत गर्न जम्मा भएका समूहलक्षित सो आक्रमण भएको जनाइएको छ । एक प्रत्यक्षदर्शीले आफूले जीवनमा पहिलो पटक यसप्रकार आत्मघाती आक्रमण देखेको  बताएका छन् । यस घटनामा परी २३ व्यक्तिको मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका काबुल प्रहरी प्रवक्ताले पुष्टि  गरे । मारिएका व्यक्तिहरुमा सुरक्षा बल र ट्राफिक प्रंहरी पनि रहेका प्रवक्ताले थप जानकारी दिए । शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ६० घाइते भएको समाचार आएको थियो । स्वास्थ्य मन्त्रालयले दिएको पहिल्लो जानकारीमा २३ को मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका छन् । तर घाइतेमध्ये केही व्यक्तिको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि मन्त्रालय आशङ्का व्यक्त गरेको छ । एएफपी समाचार समितिका ३१ वर्षीय सवारी चालक मोहमद अख्तारको पनि यस आत्मघाती आक्रमणमा मारिएका छन् । वरिष्ठ सरकारी अधिकारी, राजनीतिक नेता र समर्थकहरु आफ्ना नेता दोस्तुमलाई स्वागत गर्नको विमानस्थलमा जम्मा थिए । यस आक्रमणको इस्लामिस्क स्ट्टेस (आइएस)ले जिम्मा लिएको छ ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७