करको दायरा घटाउन माग


२०७५ श्रावण ६ आइतबार ०३:३५ बजे
काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले चालु आवमा सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गरेका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षत्कारमा उनले पेट्रोलियम पदार्थ सर्वसधारणलाई बिक्री गर्दा सरकारले प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताए । पैतिृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुबै पक्षले थैलीको १२.५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो । बजारमा आकासिँदै गएको महँगी तथा खाद्य पदार्थको भाउ बढेकामा उनले चिन्त व्यक्त गर्दै सरकारले कालोबजारीयालाई नियन्त्रण गर्न नसकेकाले जनतालाई समस्या भएको बताए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न, कर वृद्धिका कदम तत्काल फिर्ता लिएर जनतालाई महँगीको मारबाट बचाउन रातहत कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७