विमानस्थलमा मलद्वारमा लुकाएको दुई किलो सुन भेटियो, दुई भारतीय पक्राउ
दिल्ली घर भएका एन ४६१७९० नम्बर राहदानी बाहक ३१ वर्षीय इम्रान र उत्तर प्रदेश घर भएका जेड ४१७४१०७ नमबरको राहदानी बाहाक अरिफ अलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट २ केजी ६७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
भन्सारको चेकजाँचमा कर्मचारीहरुले उनीहरुसँग रहेको सुन पत्ता लगाउन सकेनन् । पछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा सुन भेटिएको जनाइएको छ । थाई एयरबाट बैंकक हुँदै उनीहरु नेपाल आएका थिए । २ साताअघि पनि मलद्धारा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीयहरु पक्राउ परेका थिए । त्यस्तै, गत साता मुखमा लुकाएर सुन तस्करी गर्न खोज्ने पनि गत साता पक्राउ परेका थिए । .gif)

.png)

