चीनको सहयोगमा नारायणगढ-मुग्लिन सडकमा सुरक्षा उपकरण
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो । मुग्लिन नजिकै स्याउलीमा २०० मिटर र पाँच किलोमा ३०० मिटर केवल बेरियर सिस्टम जडान गरिएको हो ।
नेपालमा पहिलो पटक जडान गरिएको सो केवल विश्वका अन्य राष्ट्रहरुमा प्रयोग हुँदै आएको छ भने ३० टनसम्मको सवारी साधनलाई रोक्न सक्ने क्षमता भएकाले यो पद्धति उपयुक्त हुने उनले बताए । झण्डै ४० हजार डलरबराबरको काम चिनियाँ कम्पनीले निःशुल्क गरिदिएको हो ।
नेपालमा यस्ता सडकमा प्रयोग हुने स्टिलको पाताबाट गरिने डब्लुबिएम पद्धतिभन्दा आधा सस्तो हुने र मर्मत गर्न सहज हुने जानकारी दिँदै इञ्जिनियर खनालले नेपालमा हालसम्म डब्लु बिएम मेटल क्र्यास बेरियर र न्यू जर्सी क्र्यास बेरियर प्रयोग गर्ने गरिएको बताए । हाल रहेका बारले ठूलो क्षमताका सवारी साधनलाई धान्न नसक्ने भएकाले समय समयमा दुर्घटना हुने गरेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तार अन्तिम चरणमा पुगेको र यतिबेला सडक सुरक्षाका काम भइरहेका छन् । .gif)

.png)

