रास्वपा र सरकारबीच मतभिन्नता छैन : महामन्त्री आचार्य


२०८३ कार्तिक २९ आइतबार १५:३२ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति असहमति राख्दै प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।

पार्टी वा सरकारले गलत दिशा लिन थालेको अवस्थामा सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उनको भनाइ थियो । सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदाएको रास्वपाले यसका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने उनले बताए ।

राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै आचार्यले सुशासनका विषयमा पार्टी सधैँ सरकारको साथमा रहने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७