रास्वपा सचिवालय बैठक जारी, पत्रकार पक्राउ प्रकरणमा छलफल


२०८३ कार्तिक १४ शनिबार १२:३८ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसिरहेको हो।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भइरहेको छ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको घटनाको विरोध भइरहेका बेला रास्वपाले सचिवालय बैठक बोलाएको हो।

यसअघि बुधबार रास्वपाले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ तथा नियन्त्रणमा लिने कार्यप्रति आपत्ति जनाएको थियो। साथै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७