बाढी र पहिरोले बीपी राजमार्गसहित चार स्थानको सडक अवरुद्ध


२०८३ कार्तिक १५ आइतबार ०७:४३ बजे
फाइल फोटो

काठमाडौं : लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा यातायात प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएको छ । उक्त क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि करिडोर सडकमा आवागमन रोकिएको छ । यस्तै, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेर्नूहोस् विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७