सुदन किरातीको अपिल : उत्तेजना, अफवाह र घृणाबाट टाढा रही सामाजिक सद्भाव कायम गरौं
‘अहिलेको साम्प्रदायिक हिंसामाथि नेपाल र नेपाली जनताको विजय हुनै पर्दछ’
काठमाडौं : पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले सिरहाको गोलबजारमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै देशमा बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर बन्न सबैलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै किरातीले गोलबजार घटनाले आफूलाई थप मर्माहित बनाएको उल्लेख गरेका छन् । उनले मुलुकले थप हिंसाको भार धान्न सक्ने अवस्था नरहेको भन्दै शान्ति–सुरक्षा कायम गर्न सरकारलाई आग्रह गरेका छन् । लेखेका छन्, ‘हाम्रो देशले थप हिंसाको भार धान्न सक्ने अवस्था छैन । सरकारलाई तत्काल शान्ति–सुरक्षा सुदृढ गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गरी सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछु ।’
उनले सरकारसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । किरातीले लेखेका छन्, ‘यस प्रकारले देशमा बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर र जिम्मेवार बन्न सबैमा हार्दिक अपिल गर्दछु । हाम्रो देशले थप हिंसाको भार धान्न सक्ने अवस्था छैन।’
उनले सबै राजनीतिक दल, सामाजिक अगुवा र आम नागरिकलाई उत्तेजना, अफवाह र घृणाबाट टाढा रही संवादमार्फत सामाजिक सद्भाव कायम राख्न पहल गर्न आग्रह गरेका छन् । ‘देश रहे मात्रै हामी रहन्छौँ र हामी रहे मात्रै हाम्रो सपना, हाम्रो भविष्य र हाम्रो अस्तित्व रहनेछ,’ किरातीले भनेका छन् ।
उनले अहिले देखिएको साम्प्रदायिक हिंसामाथि नेपाल र नेपाली जनताको विजय हुनुपर्ने भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।
किरातीको अपिल :
सिराहा गोलबजारको घटनाले थप मर्माहित बनाएको छ । यस प्रकारले देशमा बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर र जिम्मेवार बन्न सबैमा हार्दिक अपिल गर्दछु । हाम्रो देशले थप हिंसाको भार धान्न सक्ने अवस्था छैन । सरकारलाई तत्काल शान्ति–सुरक्षा सुदृढ गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गरी सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछु ।
साथै, सबै राजनीतिक दल, सामाजिक अगुवा र आम नागरिकलाई उत्तेजना, अफवाह र घृणाबाट टाढा रही संयमतापूर्वक संवाद मार्फत सामाजिक सद्भाव कायम गर्नको लागि आ-आफ्नो स्थानबाट पहल गर्न अपिल गर्दछु । देश रहे मात्रै हामी रहन्छौँ र हामी रहे मात्रै हाम्रो सपना, हाम्रो भविष्य र हाम्रो अस्तित्व रहनेछ । त्यसैले, अहिलेको साम्प्रदायिक हिंसामाथि नेपाल र नेपाली जनताको विजय हुनै पर्दछ ।
.gif)

.png)

