व्यवसायी शंकर अग्रवाल पक्राउ

४२ करोड रुपैयाँ बैंकिङ कसुर मुद्दा


२०८३ श्रावण ६ बुधबार १७:१७ बजे

काठमाडौं :  शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजारबाट अग्रवाललाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो। उनलाई बिहीबार अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

अग्रवालविरुद्ध विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा गत जेठ २८ गते पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको थियो। मुद्दा दर्ता भएको लामो समयसम्म पनि अदालतमा उपस्थित नभएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

अनुसन्धानअनुसार जगदम्बा स्टील्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा शंकरलाल अग्रवाल, उनका छोराहरू शाहिल अग्रवाल र सुलभ अग्रवाल, साथै बिचौलियाका रूपमा आरोपित दीपक भट्टविरुद्ध मुद्दा दायर गरिएको थियो।

सीआईबीका अनुसार अग्रवाललाई अदालतमा उपस्थित गराएर थप कानुनी प्रक्रिया अघि बढाइनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७