रक्त क्यान्सरपीडित बरुवाललाई २ लाख ३८ हजार आर्थिक सहयोग


२०८३ असार ११ बिहीबार २१:२२ बजे

काठमाडौं । रक्त क्यान्सर (एक्युट ल्युकेमिया) बाट पीडित १७ महिनाका बालक संवित बरुवालको उपचारका लागि संकलित आर्थिक सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल स्थायी घर भएका संवित हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा अनुसन्धान केन्द्र मा उपचाररत छन्। आइतबार आयोजित एक कार्यक्रमबीच उनका बुवा तेजबहादुर बरुवाल (सौरभ) लाई २ लाख ३८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो।

बालकको उपचार खर्च अत्यधिक महँगो भएपछि स्थानीयस्तरमा सिर्जनशील युवा समाज को पहलमा देश तथा विदेशमा रहेका नेपालीमाझ सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानमार्फत संकलित रकममध्ये बचत भएको उक्त रकम पीडित परिवारलाई प्रदान गरिएको काठमाडौं सम्पर्क समिति का अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिए।

रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सहभागीहरूले बालक संवितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

यस अभियानलाई सफल बनाउन संस्थाका केन्द्रीय अध्यक्ष चित्रकुमार राईले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो भने संयुक्त राज्य अमेरिकामा रहेका योगेन्द्र राईले आर्थिक संकलनमा सक्रिय भूमिका खेलेका थिए।

सिर्जनशील युवा समाज ले कठिन परिस्थितिमा एकजुट भई मानवीय सेवामा जुट्ने नेपाली समाजको भावना यस अभियानले पुनः उजागर गरेको जनाएको छ। साथै, देश–विदेशबाट सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै यो आर्थिक सहयोगले बालकको थप उपचारमा महत्वपूर्ण राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७