विष्णु पौडेलको गिरफ्तारी ‘अदृश्य शक्ति’को निर्देशनमा पूर्वाग्रही र प्रतिशोधपूर्ण : शंकर पोखरेल


२०८३ असार ८ सोमबार २२:०० बजे

काठमाडाैं :  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राज्यका निकायहरू 'अदृश्य शक्ति केन्द्र' बाट सञ्चालित भएको ज्वलन्त उदाहरणका रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पौडेलको पक्राउ प्रक्रिया न्यायसम्मत नभई नियोजित र प्रतिशोधपूर्ण रहेको दाबी गरेका छन्।

महासचिव पोखरेलका अनुसार, यसअघि सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले फोनमार्फत पौडेललाई भोलिपल्ट काठमाडौँ आएपछि सम्पर्कमा आउन अनुरोध गरेका थिए। तर, सोही दिन सुर्खेत प्रहरीलाई पत्राचार गरी उनलाई नियन्त्रणमा लिन निर्देशन दिनुले राज्यका अनुसन्धान निकायहरू राजनीतिक पूर्वाग्रह र 'सस्तो लोकप्रियता' बाट प्रेरित भएको पुष्टि हुने पोखरेलको जिकिर छ।

महासचिव पोखरलले भनेका छन्, ‘केही समय पहिले सम्पत्ति सुद्धिकरण विभागका डिजिले फोनमा कुराकानी गरेर भोली काठमाडौमा आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गरेको र त्यसको केही समय पश्चात सुर्खेत प्रहरीलाई पत्रचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ ।’ 

एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा रहेको उल्लेख गर्दै पोखरेलले अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरसः पालनामा आधारित हुनुपर्नेमा जोड दिएका छन्। भनेका छन्,‘नेकपा (एमाले)  न्यायपूर्ण समाज र निष्पक्ष न्यायका पक्षमा छ, जहाँ कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइने छैन र वास्तविक दोषी कानुनी कठघराबाट उम्कने छैन। तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरित पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ । सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रुपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७