अध्ययन बिदा लिएर नफर्केका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको अल्टिमेटम

अध्ययन बिदा लिएर नफर्केका ५० प्राध्यापकबाट ११ करोड ८४ लाख असुली, बाँकीलाई कारबाहीको तयारी


२०८३ असार ३ बुधबार ११:२८ बजे

काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको सुविधा लिएर तोकिएको समयभित्र सेवामा नफर्किने वा अध्ययन पूरा गरेपछि सम्झौता विपरीत सेवा छाड्ने प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन कडा निर्देशन दिएको छ। विश्वविद्यालयको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

विश्वविद्यालयका अनुसार, अध्ययन बिदा भनेको अनुसन्धानमुखी र दक्ष प्राज्ञिक जनशक्ति उत्पादनका लागि प्रदान गरिने विशेष सुविधा भए तापनि केही व्यक्तिहरूले यसको दुरुपयोग गर्दा संस्थालाई ठूलो आर्थिक, शैक्षिक र प्राज्ञिक क्षति पुगेको छ। तोकिएको म्यादभित्र सम्पर्कमा नआउने व्यक्तिहरूलाई विश्वविद्यालयसँग भएको सम्झौता (कबुलियतनामा) तथा प्रचलित नियमानुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

यसअघि शिक्षा मन्त्रालयको समन्वय र विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर नफर्किएका ५० जना प्राध्यापकबाट ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुली भइसकेको छ र बाँकी रहेका प्राध्यापकहरूबाट पनि रकम असुली तथा कारबाहीको प्रक्रिया निरन्तर अघि बढाइने विश्वविद्यालयले स्पष्ट पारेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७