सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल सुरु हुँदै
आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्ने तयारी
काठमाडौँः प्रतिनिधिसभाको बैठक आज मङ्गलवार दिउँसो १ बजे बस्दैछ। आजको बैठकको मुख्य एजेन्डा सरकारले भर्खरै ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्नु रहेको छ।
बैठकमा संसद्मा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले दलीय शक्तिका आधारमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा र सुझावहरू राख्ने कार्यतालिका छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको भावी योजना र प्राथमिकताहरू समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
जारी अधिवेशनमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्ने तयारी समेत गरेको छ।
.gif)

.png)

