सेनामाथि बादलको अभिव्यक्ति, रास्वपा र राप्रपाका सांसदको आपत्ति
काठमाडौं : नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ ।
मंगलबार पार्टीको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले सेनाको भूमिकामाथि टिप्पणी गरेका थिए । यसप्रति राप्रपाकी सांसद खुस्बु ओली र रास्वपाका सांसद मनिष खनालले नियमापत्ति गरेका हुन् ।
ओलीले नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै नभएर राष्ट्रिय मनोबलमाथिको प्रहार भएको बताइन् । ‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेदल प्रकट गर्न चाहन्छु’, सांसद ओलीले भनिन् । खनालले नेपाली सेनाको भूमिकाबारे टिप्पणी लगायत बादलले बोलेका सबै अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरे ।
बादलले नेपाली सेनाको भूमिकालाई लिएर प्रश्न उठाएका थिए । ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ?’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले भने । उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरेका थिए, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’
.gif)

.png)

