विश्व प्रदूषित शहरमा काठमाडौं दोस्रो नम्बरमा, वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा


२०८३ बैशाख १० बिहीबार ११:३३ बजे

काठमाडौँ :  काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । काठमाडौँ आज विश्वका प्रमुख शहरमध्ये दोस्रो सबैभन्दा प्रदूषित शहर बनेको छ ।

बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । 

एक्यूआईको वैश्विक र्याङ्किङअनुसार बिहान १०:००–११:०० बजेसम्म काठमाडौँको एक्यूआई २१६ पुगेको छ, जुन ‘अति अस्वस्थकर’ तहमा पर्छ।

सूचीअनुसार पाकिस्तानको लाहोर एक्यूआई ३८२ सहित पहिलो स्थानमा रहेको छ भने काठमाडौँ दोस्रो स्थानमा परेको हो। त्यसपछि थाइल्यान्डको चियाङ माई (१६६), भारतको कोलकाता (१४७), चीनको बेइजिङ (१३७) रहेका छन्।

वायु प्रदूषण उच्च बनेसँगै स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा श्वासप्रश्वासका बिरामीलाई बाहिरी गतिविधि कम गर्न, मास्क प्रयोग गर्न तथा आवश्यक नपरेसम्म घरबाहिर ननिस्कन सुझाव दिइएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७