प्रधानमन्त्री बालेनको सारथी भूपदेव शाह रास्वपाको महामन्त्री बन्दै


२०८३ बैशाख ७ सोमबार १५:११ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । स्रोतका अनुसार आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव जानेछ । 

यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको एक नेताले बताए । उनी प्रधानमन्त्री बालेन शाहको विश्वासपात्र र सहयोगी हुन् । प्रधामन्त्री शाह काठमाडौं महानगरपालिकाका मेयरको जिम्मेवारीमा भएको बेला भूपदेव भूपदेव थिए

अछामको मंगलसेन नगरपालिका–४ का स्थायी बासिन्दा २९ वर्षीय भूपदेवले प्रधानमन्त्री शाहलाई स्थापित बनाउने यात्रामा निर्णायक भूमिका खेलेका पात्रहरूमध्ये उनी एक मानिन्छन्।  देशैभरि रास्वपाको पक्षमा उभार आउँदा अछाम-२ मा उम्मेदवारी दिएका भूपदेव शाह भने पराजित भए । 

यो क्षेत्रमा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए । नेपाल कम्युनिस्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए भने रास्वपाका भूपदेव ४ हजार ५६२ मत ल्याउँदै चौथो स्थानमा रहे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७