ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई सामान्यदेखि मध्यम खालका चोटपटक लागेको जनाइएको छ भने एक नेपाली नागरिकको अवस्था गम्भीर रहेको छ।
घटनापछि सम्बन्धित निकायले उद्धार तथा उपचार कार्य तत्काल अघि बढाएको जनाएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अप्रमाणित जानकारी नफैलाउन आग्रह गरिएको छ।
हाल मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण यस्ता आक्रमण र त्यसपछि हुने भग्नावशेष खस्ने घटनाले सर्वसाधारणमा जोखिम बढाएको देखिएको छ।
.gif)

.png)

