डब्ल्यूटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन


२०८२ फाल्गुण २९ शुक्रबार ०९:४२ बजे

काठमाडौं : विश्व व्यापार संगठन  (डब्ल्यूटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन भएको छ । 

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंगठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

समिति डब्ल्यूटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो । 

अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्ल्यूटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ । 

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंगठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७