वामदेव गौतमको दाबी : आगामी निर्वाचनमा नेकपाले बहुमत ल्याउँछ


२०८२ माघ १३ मंगलबार २०:२० बजे

काठमाडौँ : नेकपाका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै गौतमले निर्वाचनमा विजयी भएपछि पार्टीको सरकारले बेरोजगारी समस्या अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने बताए ।

उनका अनुसार विद्रोहलाई शान्तिमा रूपान्तरण गर्ने उद्देश्यसहित वामपन्थी शक्तिहरूबीच एकताको अभियान अघि बढाइएको छ।

गौतमले भने, ‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ । बहुमत हासिल गर्नसाथ हामीले समाजवादको आधार कसरी सिर्जना हुन्छ भन्ने गरेर देखाइदिनेछौँ । र कुनै पनि व्यक्ति काम नपाएर बेरोजगार हुनुपर्ने अवस्था सदाका लागि अन्त्य हुनेछ । सभ्यता र समृद्धि हामीले हासिल गरेर देखाइदिनेछौँ । त्यो ठाउँमा जान हामी तयार भइरहेका छौँ ।’

उनले पार्टी संगठन, नीति र कार्यदिशा अब व्यवहारमा उतार्न सक्ने अवस्थामा पुगेको पनि उल्लेख गरे।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७