मकालु आरोहणका क्रममा शेर्पाको मृत्यु एक आरोही बेपत्ता


२०८२ माघ ३ शनिबार १२:११ बजे
मकालु (८४६३ मिटर) हिमाल आरोहण गरी फर्कने क्रममा मृत्यु भएका फुर्वा ओङ्गेल शेर्पा र बेपत्ता भएका इरानी पर्वतारोही अबोलफजल गोजाली । फाइल तस्बिर

काठमाडौँ : हिउँदे आरोहणका लागि मकालु (८४६३ मिटर) हिमाल आरोहणमा गएका एक जना शेर्पाको मृत्यु भएको छ भने एक इरानी आरोही बेपत्ता भएका छन् । आरोही दावा ओङछु शेर्पाका अनुसार आरोहण गरी फर्कने क्रममा सङ्खुवासभा मकालुकै फुर्वा ओङ्गेल शेर्पाको मृत्यु भएको हो । करिब ७ हजार ५ सय मिटरको माथिको क्याम्प ४ नजिकबाट खसेर शेर्पाको मृत्यु भएको हो । इरानी पर्वतारोही अबोलफजल गोजाली झर्ने क्रममा बेपत्ता भएको शेर्पाले बताए । 

बिहीबार दिउँसोसम्म सम्पर्कमा भएका शेर्पा त्यसपछि उनको मृत्यु भएको कीर्तिमान आरोही सानु शेर्पाले बताए । अर्का इरानी आरोही अबोलफजल गोजालीसँग सोही दिन बिहान १०ः२७ मा मकालु आरोहण गरेका शेर्पा फर्कने क्रममा थिए । 

बेपत्ता आरोहीको खोजी सुरु गरेको र मृतक शेर्पाको शव आधार शिविर ल्याउन पहल सुरु गरेको आयोजक कम्पनीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७