आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


२०८२ श्रावण २६ सोमबार ०६:३१ बजे

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा बाराको नीजगढमा ७० मिलिमिटर वर्षा भएको छ । सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर, रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७