कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख


२०८२ श्रावण २४ शनिबार १५:५० बजे

काठमाडौं । कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई आकस्मिक छलफलका लागि बोलाएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार, कारागारको नियन्त्रण कैदीबन्दीहरूले लिएको र सुरक्षा व्यवस्था अव्यवस्थित भएको संवेदनशील अवस्थाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक शनिबार बेलुका ४ बजे बस्नेछ ।

शुक्रबार राति कारागारमा भएको झडपमा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । चौधरी लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका थिए । घटनामा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर प्रवेशद्वारमा ग्याँस सिलिण्डर राखी, कोही प्रवेश गर्न खोजेमा विष्फोट गराउने धम्की दिएका छन् । यसले प्रहरी, प्रशासन र मानवअधिकार आयोगको टोलीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको छ ।

यो घटनाले कैलालीका सिडियो गोगनबहादुर हमाल र एसपी बालनरसिंह राणाको कार्यक्षमतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । एसपी राणाले जिम्मेवारी सम्हाले यता कैलाली कारागारमा निरन्तर झडप हुने गरेको थियो । यो घटनापछि जिल्लाका सिडियो र एसपी दुवै जना विवादमा तानिएका छन् । उनीहरुलाई गृह मन्त्रालयले फिर्ता बोलाउन सक्ने सम्भावना बढेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७