यू–२० महिला एसियन कप छनोट : नेपाल आज बलियो उत्तर कोरियासँग भिड्दै 


२०८२ श्रावण २५ आइतबार ०७:४४ बजे

काठमाडौं । एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनु पर्नेछ । अस्ती शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अंक पुर्‍याएको छ ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालको दुई खेलमा चार अंक छ । यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

नेपालका प्रशिक्षक यमप्रसाद गुरुङ उत्तर कोरियाविरुद्ध काउन्टर अट्याक रणनीतिका साथ मैदान उत्रने बताउँछन् । ‘उत्तर कोरिया निकै बलियो छ । हामी रक्षात्मक खेल्नेछौँ,’ गुरुङले भने, ‘हामी काउन्टर अट्याकमा ध्यान दिन्छौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७