जडीबुटी टिप्ने विषयमा विवाद, ढुङ्गाले हानेर युवकको हत्या


२०८२ श्रावण २५ आइतबार ०७:१५ बजे

बझाङ । बझाङको साईपाल गाउँपालिका–२, राईढुङ्गे लेकमा जडीबुटी संकलनका क्रममा विवाद हुँदा एक युवकको ढुङ्गा प्रहार गरी हत्या गरिएको छ ।

गत साउन २३ गते साँझ करिब ६ः३० बजे जाजरकोट भेरी नगरपालिका–६, गंगातिया निवासी करिब २३् २४ वर्षका महेन्द्रराज भण्डारीलाई सोही ठाउँका करिब २१–२२ वर्षका चन्द्र घर्तीले ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

घटनापछि जडीबुटी संकलनमा रहेका अन्य व्यक्तिहरूले घर्तीलाई नियन्त्रणमा लिएका छन् । प्रहरीले जडीबुटी (हातेजडी, कटुकी आदि)टिप्ने क्रममा विवाद भएको बताइएको छ ।

घटनाबारे जानकारी पाएपछि लासी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक पदम सिंह बडालको नेतृत्वमा ३ जना, अस्थायी प्रहरी पोस्ट धलौनबाट प्रहरी सहायक निरीक्षक नवकुलबहादुर सिंहको नेतृत्वमा ३ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनास्थल लासी प्रहरी चौकीबाट करिब ८ घण्टा पैदल उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब दुई दिनको पैदल दूरीमा पर्छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७