जनताले चाहे अहिलेको सत्ता छिनमै ढल्छ : महन्थ ठाकुर


२०८२ श्रावण २४ शनिबार १५:३५ बजे

कैलाली । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महन्थ ठाकुरले जनताले चाहे अहिलेको शासन सत्ता छिनमै ढल्ने बताएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अधिकार र पहिचानका लागि थारु र मधेशका सयौं सपुतले बलिदानी दिए पनि अधिकारी पाउन नसकेको उनको गुनासो थियो ।

‘अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं,’ उनले भने। वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र पनि ढलेको बताउँदै जनताले चाहे अहिलेको शासन सत्ता पनि ढल्ने उनको भनाइ छ ।

‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ,’ ठाकुरले भने । देशमा संघीयता आए पनि अधिकार भने नपाएको उनको गुनासो थियो । आफूहरूले बनाएको मोर्चा सोही अधिकार प्राप्तिका लागि संघर्ष गर्नका लागि बनेको ठाकुरको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७