लिङ्देन पक्षको छुट्टै भेला : अध्यक्षलाई थप कठोर बन्न सुझाव


२०८२ श्रावण २२ बिहीबार २०:३६ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको आज काठमाडौंमा भेला भएको छ । पार्टीभित्र विवाद बढिरहेका बेला अध्यक्ष लिङ्देन पक्षधरले बिहीबार राखेको भेलामा १०० जना बढी नेताहरू सहभागी थिए ।

बैठकमा संस्थापन इतरपक्षका प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवल शम्शेर राणा, कुन्ती शाहीलगायत नेताहरूलाई बोलाइएको थिएन । अध्यक्ष लिङ्देन पक्षका हेमजंग गुरूङले राखेको भेलामा अध्यक्ष लिङ्देन पनि सहभागी भए, नेताहरूका कुरा सुने, भेलालाई सम्बोधन पनि गरे । 

लिङ्देन पक्षका नेताहरूले ‘पार्टीभित्रको अराजकताविरूद्ध कठोर बन्न’ अध्यक्षलाई सुझाव दिएको एक नेताले जानकारी दिएका छन् । जबाफमा अध्यक्ष लिङ्देनले टिम एकढिक्का रहे र सबैको साथ सहयोग पाए आफू निर्मम ढंगले अघि बढ्ने बताएका थिए ।

अध्यक्ष लिङ्देनले आफूलाई असहयोग गरेको भन्दै केही मनोनीत पदाधिकारीहरूलाई कारबाही गरेका थिए । त्यसपछि पार्टीभित्र मतभेद चुलिएको छ । नेताहरू माथि गरिएको कारबाही विधान विपरीत रहेको भन्दै फिर्ता लिन महामन्त्री धवल शम्शेर राणा लगायतको माग छ ।

राप्रपामा पछिल्लो समय अध्यक्ष लिङ्देन पक्ष र महामन्त्री राणा पक्षधरले छुट्टाछुट्टै गुट भेला गर्दै आएका छन् । यस मतभेदलाई आगामी महाधिवेशनको तयारीका रूपमा पनि नेताहरुले अथ्र्याएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७