बंगलादेशमा आगामी फेब्रुअरीमा आमचुनाव हुनसक्ने


२०८२ श्रावण २१ बुधबार ०७:०९ बजे

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा आम चुनाव गराउने संकेत दिएका छन्।

अन्तरिम सरकार प्रमुख युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गराउने मिति उल्लेख गरका बीबीसीले जनाएको छ । समाचार अनुसार उनले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजानअघि फेब्रुअरीमा चुनाव गराउन आग्रह गर्ने बताइएको छ ।

युनुसले बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा देशलाई सम्बोधन गरिरहेका थिए । देशव्यापी विद्यार्थी आन्दोनका कारण २०२४ अगस्ट ५ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नु परेको थियो । त्यसको एक वर्ष पूरा भएको अवसरमा हजारौँ नागरिक विभिन्न जुलुसमा सहभागी भएका छन् । बीबीसी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७