बस्तीमाथि पहिरो, पाँचधारे बजार जोखिममा


२०८२ श्रावण १८ आइतबार ०६:४५ बजे

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ।बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।

बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ ।

‘पाँचधारे बजार पहिराको जोखिमा परेको छ’, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।’

बजार क्षेत्रका आठवटा घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७