भोजपुरमा श्रीमतीसहित एकै परिवारका चार जनाको हत्या


१४:१५ बजे

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ।भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले लोकान्तरलाई जानकारी दिए । घटना राति सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । राईलाई अहिले भोजपुर अस्पताल ल्याइएको र रेफरको तयारी भइरहेको उनले बताए । 

स्थानीयले प्रहरीलाई बताए अनुसार मनिषा चार÷पाँच दिनअघि माइती पुगेकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो । ‘विवाद के थियो भन्ने खुलिसकेको छैन । चार जनाको शव फेला परेको छ । राजेन्द्र स्वयं पनि गम्भीर घाइते भएकाले धेरै कुरा खुल्न बाँकी छ’, प्रहरी निरीक्षक यादवले भने, ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’ घटनाको जानकारी पाउने बित्तिकै इप्रका बोयाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो । घटना सवा १ बजेतिर भएको भनिए पनि प्रहरी राति अबेर मात्र खबर आएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७